नेपालमा भित्रिए फोटोनका १४ र १७ सिटर इलेक्ट्रिक भ्यान

एमएडब्लु वृद्धि कमर्सियल भेहिकल प्रालिले फोटोनको इलेक्ट्रिक भ्यान नेपाल भित्र्याएको छ । १४ र १७ सिट क्षमतामा उपलब्ध यी भ्यानहरु कम खर्चालु साथै वातावारण मैत्री रहेको कम्पनीले जनाएको छ ।

कम्पनीका आनुसार फोटोनका यी कार्गो भ्यानको ब्य्याट्री क्षमता ५०.२३ किलोवाट रहेको छ। यस भ्यानले सिङ्गल चार्जमा २ सय ३५ किलोमिटरसम्मको यात्रा गर्न सक्नेछ । ८५ किलोवाट पावर तथा २९० एनएम टर्क भएको फोटोनका भ्यानहरु घरमा पनि चार्ज गर्न सकिनेछ । यी भ्यानहरु दैनिक यातायातको लागि प्रयोग गर्न सहज र सुलभ हुने कम्पनिको भनाइ छ । फोटोनका भ्यानहरू शैक्षिक संस्था, होटेल, ट्राभल्स एण्ड टुर्स र रुटकै गाडीकै रुपमा पनि प्रयोगमा ल्याउन उपयुक्त रहेको कम्पनीको दाबी छ ।

इलेक्ट्रिक भ्यानको प्रयोगले मानिसहरूलाई वाआयोतावरणमैत्री तरिकाले ढुवानी गर्न सहयोग पुर्याउने कम्पनीको विश्वास छ । दिगो यातायात प्रवर्द्धन र कार्बन उत्सर्जन कम गर्न एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्रालि पनि प्रतिबद्ध रहेको कम्पनीले जनाएको छ । सन् २०३० सम्ममा शतप्रतिशत विद्युतीय गतिशीलता हासिल गर्ने नेपाल सरकारको लक्ष्य पूरा गर्ने दिशामा यो एउटा महत्वपूर्ण कदम रहेको कम्पनीको भनाई छ ।

‘फोटोन मोटर्सको विद्युतीय यात्रुवाहक भ्यानलाई नेपालमा ल्याउन पाउँदा हामी हर्षित छौँ,’ एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्रालिका सीईओले भने, “यी सवारी साधनहरू सहरका मानिसहरूलाई भरपर्दो र प्रभावकारी यातायातको माध्यम प्रदान गर्नका लागि डिजाइन गरिएको हो, साथै उत्सर्जन घटाउन र वातावरण संरक्षण गर्न पनि। हामी विश्वस्त छौँ कि फोटोनका इलेक्ट्रिक भ्यानहरुले उपभोक्ताको मन जित्नेछ ।”

फोटोन मोटर्सको विद्युतीय यात्रु भ्यानहरू काठमाडौँमा खरिद र टेस्ट ड्राइभको लागि उपलब्ध रहेका छन् । एमएडब्ल्यु वृद्धि कमर्शियल भेइकल्स प्रा. लि. को सोरुम तथा डिजिटल माध्यमबाट यी भ्यानहरु बुकिङ गर्न सकिने कम्पनीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button