कोभिडविरुद्ध खाने दुई औषधिले पाए स्वीकृति

चीनले कोभिडविरुद्ध खाने दुई औषधि प्रयोग गर्न स्वीकृति दिएको छ ।

कोभिड संक्रमण भएका बेला सामान्यदेखि मध्यम लक्षण देखिएका वयस्कहरुले उक्त औषधि सेवन गर्न सक्ने चीनको नेसनल मेडिकल प्रडक्ट प्रशासनले जनाएको छ । उक्त औषधिहरु त्यहाँको सिम्स्येर फर्मास्युटिकल ग्रुप र साङ्घाई जुन्सी बायोसाइन्स कम्पनीले तयार गरेका हुन् ।

चीनले लिएको शून्य कोभिड नीति गत डिसेम्बरमा हटाएपछि त्यहाँ कोभिड संक्रमण ह्वात्तै बढेको थियो । यसले त्यहाँ कोभिडको खोप र औषधिको माग पनि व्यापक भएको थियो । हाल स्वीकृति दिइएको औषधिले चीन सरकारलाई कोभिडसँग लड्न ठूलो राहत दिने अपेक्षा गरिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button