मणिपाल र लेखनाथ उद्योग वाणिज्य संघबीच कर्पोरेट स्वास्थ्य जाँच योजनामा सहमति

मणिपाल शिक्षण अस्पताल र लेखनाथ उद्योग वाणिज्य संघबीच ‘कर्पोरेट स्वास्थ्य जाँच योजना‘मा सहमति भएको छ । अस्पतालले ल्याएको नयाँ स्वास्थ्य प्याकेज ‘व्यवसायिक प्रतिष्ठान तथा संघ, संस्था स्वास्थ्य परिक्षण योजना’मा अस्पताल र लेखनाथ उद्योग वाणिज्य संघबीच सहमति भएको हो ।

मणिपाल शिक्षण अस्पताल पोखरा र लेखनाथ उद्योग वाणिज्य संघबीच स्वास्थ्य सेवा सुविधा सम्बन्धी सहमती भएसँगै लेखनाथ उद्योग वाणिज्य संघमा आवद्द सदस्यहरुले सो सुविधा पाउने भएका हुन् । मणिपाल शिक्षण अस्पतालको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनील ओडुविल र लेखनाथ उद्योग वाणिज्य संघकोको तर्फबाट अध्यक्ष छत्रधर आत्रेयबीच सहमति पत्रमा हस्ताक्षर भएको हो ।

सहमति पत्रमा हस्ताक्षर भए अनुसार अब वाणिज्य संघका सदस्यहरुले मणिपालको स्वास्थ्य सेवा लिँदा दर्ता शुल्क लाग्ने छैन ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button