भारतले नेपाललाई दिने अनुदान २६ प्रतिशतले घट्यो

भारतले नेपाललाई दिने प्रस्तावित अनुदान २६ प्रतिशतले घटेको छ ।

आज भारतीय वित्त मन्त्री निर्मला सीतारमणले प्रस्तुत गरेको युनियन बजेटमा नेपाललाई ५ सय ५० करोड भारु सहायता अनुदान दिन प्रस्ताव गरिएको छ । अघिल्लो आर्थिक वर्ष २०२२/२३ मा भने ७ सय ५० करोड भारु अनुदान प्रस्ताव गरिएको थियो । तर पछि प्रस्तावित अनुदानलाई संशोधन गरी ४ सय २५ करोड भारु मात्र बनाइएको थियो ।

भारतले दिने अनुदान सहायतामा नेपाल दोस्रो स्थानमा रहेको छ भने भारतले सबैभन्दा बढी भुटानलाई अनुदान दिँदै आएको छ । यसपटक पनि भुटानलाई भारतले अनुदान सहयोग स्वरुप २४ अर्ब भारु दिनेभएको छ । बजेट अनुसार मौरिससले ४ अर्ब ६० करोड तथा माल्दिभ्स र म्यानमारले ४-४ अर्ब अनुदान सहयोग पाउने भएका छन् ।

भारतले यो आर्थिक वर्ष अनुदानस्वरुप कुल ५४ अर्ब ८ करोड भारु खर्च गर्ने जनाइएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button