भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य

भारतबाट फेब्रुअरी महिनाको शुरुआतमा पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ ।

पन्ध्र-पन्ध्र दिनमा आउने मूल्यसुची अनुसार यसपटक खाना पकाउने ग्याँसबाहेक डिजेल, पेट्रोल, मट्टीतेल र हवाई इन्धन सबैको मूल्य बढेको छ । नयाँ मूल्यसुची अनुसार पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर ८ रुपैयाँ बढेर आएको छ भने मट्टितेलको मूल्य पनि साढे ४ रुपैयाँले बढेको छ ।

यसैगरी हवाई इन्धन ७ रुपैयाँ ८० पैसा बढेको छ भने खाना पकाउने ग्याँस प्रतिसिलिन्डर ७५ रुपैयाँ घटेर आएको छ । भारतबाट घटेर आउँदा मूल्य समायोजन नगरेको आयल निगमले बढेको मूल्यसुची आउँदा भने पटक पटक मुल्यवृद्धी गरेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button