कालिन्चोक दर्शन लिमिटेडको आइपिओ बाँडफाँड सम्पन्न

कालिन्चोक दर्शन लिमिटेडको आइपिओ बाँडफाँड कार्यक्रम सम्पन्न भएको छ ।

बिहीबार बिहान १० बजे एक कार्यक्रमबीच कम्पनीको आइपिओ बाँडफाँड भएको हो । कालिन्चोक दर्शनले यही माघ ३ गतेदेखि माघ ६ गतेसम्म सर्वसाधारणका लागि आइपीओ जारी गरेको थियो । कम्पनीले १० करोड ८० लाख रुपैयाँ बराबरको १० लाख ८० हजार कित्ता आईपीओ बिक्री खुला गरेकोमा १० प्रतिशत वैदेशिक रोजगारीमा रहेका नेपाली, ५ प्रतिशत सामूहिक लगानी कोष र २ प्रतिशत सेयर कर्मचारीका लागि छुट्याइएको थियो ।

त्यसमध्ये सर्वसाधारणका लागि जारी आठ लाख ९६ हजार चार सय कित्ता सेयर आज बाँडफाँड भएको हो । माग भएको कित्ता भन्दा १८.५२ प्रतिशत बढी आवेदन परेकाले आइपिओ पर्न भाग्य कै भर पर्नुपर्नेछ । यस आइपिओको बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिङले गरेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button