नेपाल एयरलाइन्सका आन्तरिक उडानतर्फका टिकट अब अनलाइनबाटै बुक गर्न सकिने भएको छ ।
एयरलाइन्सले अहिलेका लागि इसेवामार्फत आन्तरिक उडानका आठ गन्तव्यको टिकट अनलाइन नै बुक गर्न सकिने व्यवस्था गरेको हो । एयरलाइन्सले काठमाडौँबाट हुने ताप्लेजुङ, भोजपुर, दाङ, थामखर्क, खानीडाँडा, रुकुम, फाप्लु र इलाममा गर्ने उडानका लागि अनलाइन टिकट बुकिङ खुला गरेको हो । ती स्थान जाने र फर्कने दुईतर्फ कै टिकट र उपलब्ध सिट संख्याको पनि अब अनलाइनबाटै जानकारी लिन सकिनेछ ।
निगमले अन्य लोकल वालेटबाट पनि निकट भविष्यमा टिकट काट्ने व्यवस्था मिलाइने बताएको छ । अन्तर्राष्ट्रियतर्फ भने निगमकै वेबसाईटबाट केही समय अघि देखि नै टिकट बिक्री गरिराखेको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution