आजबाट पोखरामा बिटी कप सेभेन ए साइड फुटबल

बुद्धटोल युवा क्लबको आयोजनामा आजबाट १६ औँ बिटी कप छैटौँ विरेन स्मृति सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिता हुने भएको छ ।

पोखरा महानगरपालिका १ पुरानो टुँडिखेल मैदानमा आज २२ गतेदेखि फागुन २ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको क्लबका अध्यक्ष असिम थापाले जानकारी दिए । ‘हाम्रो प्रतियोगिताको तयारी लगभग सकिएको छ । भोली दिनको १ बजे उद्घाटन गर्न तयारीमा छौ उनले भने, ‘हालसम्म ४६ टिमको दर्ता भइसकेको छ ।’

फुटबलको विकास गर्ने उद्देश्यसहित विगत लामो समयदेखि सञ्चालन गर्दै आएको प्रतियोगिता क्लबका सल्लाहकार स्वर्गीय विरेन गुरुङको स्मृतिमा विगतमा चैत्रमा हुदै आएको थियो । तर मौसमका कारण यस वर्षदेखि स्वर्गीय गुरुङको जन्मदिनको शुभ दिन पारेर सञ्चालन गर्न लागिएको हो ।

अध्यक्ष थापाका अनुसार सो प्रतियोगिताको विजेतालाई शिल्ड, मेडल तथा प्रमाणपत्र सहित १ लाख ६१ हजार १ सय ५१ रुपैया प्रदान गरिने जानकारी दिए । उनका अनुसार उपविजेताले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित १ लाख १ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछन् ।

यस्तै प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीलाई ट्रफि सहित ८ हजारद्वारा पुरस्कृत गरिनेछ । अध्यक्ष थापाले उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर र सर्वाधिक गोलकर्तालाई जनही ६-६ हजार रुपैयाँ र ट्रफि प्रदान गरिने बताए । यस्तै अनुशासित एक टिमलाई ९ हजार र ट्रफि प्रदान गरिने छ ।

कार्यक्रमको उद्घाटन गण्डकी प्रदेश सभा सदस्य प्रकाश बरालले गर्ने आयोजकले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button