मुख्य सडकमा पार्किङ निषेध गर्ने पोखरा महानगरको निर्णय एक साता पनि टिकेन

पोखरा महानगरपालिकाले मुख्य सहरी क्षेत्रको सडकमा पार्किङ पुर्ण रुपमा निषेध गर्ने भनेर गरेको निर्णय एक साता नपुग्दै उल्टिएको छ ।

महानगरले आज एक सूचना जारी गर्दै पार्किङका लागि अर्काे व्यवस्था नभएसम्म सडक छेउकै खुला ठाउँमा पार्किङ गर्न सकिने बताएको हो । पोखरा उद्योग वाणिज्य संघ, यातायात क्षेत्रमा क्रियाशील विभिन्न संघ-संस्था तथा अन्य सरोकारवालाहरुसँग छलफल गरेर मात्र थप निर्णय गर्ने गरेर हाल पुर्ववत अवस्था अनुसार नै पार्किङ गर्न सकिने व्यहोरा महानगरको सूचनामा उल्लेख गरिएको छ ।

महानगरलाई पोखरा उद्योग वाणिज्य संघबाट उक्त निर्णय फिर्ता लिन कडा दबाब आएको थियो । संघले पार्किङ बन्द गर्दा व्यापारीको व्यवसाय नै बन्द हुने अवस्था आएको बन्दै निर्णय फिर्ता नलिए आन्दोलनसम्मको कार्यक्रम गर्ने चेतावनी दिएको थियो ।

महानगरले मुख्य सडक क्षेत्रमा पर्ने पृथ्वीचोकदेखि सभागृहचोक, न्युरोड, विपिचोक हुँदै चिप्लेढुङ्गासम्म तथा न्युरोडबाट दाहिने पारेर महेन्द्रपुल, नयाँबजारबाट हुँदै पृथ्वीचोक आउने सानो रिङ्गरोड एरिया भरिनै पार्किङ निषेध गरिने बताएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button