मुस्ताङको थासाङमा आगलागी, एक घर जलेर नष्ट

मुस्ताङको थासाङमा आगलागीमा परेर एक घर जलेर नष्ट भएको छ ।

थासाङ गाउँपालिका–३ लेते कालोपानीको एक घरमा आज अपरान्ह साढे चार बजे शुरु भएको आगलागीबाट घर पुर्ण रुपमा क्षतिग्रस्त भएको हो । प्रहरी कार्यालय मुस्ताङका अनुसार स्थानीय ढकबहादुर तुलाचनको घरमा विद्युत सर्ट भएर आगलागी शुरु भएको थियो ।

उक्त घरमा सडक निर्माणमा खटिएका मजदुर बस्दै आएको जनाइएको छ । घटनामा ठूलो आर्थिक क्षति भए पनि कुनै मानवीय क्षति भने नभएको प्रहरीको भनाई छ । आगलागी करिब ३ घन्टापछि मात्रै नियन्त्रणमा आएको थियो ।

दमकल नहुँदा ट्याङ्करको पानी प्रयोग गरेर आगो नियन्त्रणमा लिएको प्रहरीको भनाई छ । घटना भएको क्षतिको विवरण आउन बाकिँ नै छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button