बाग्लुङको गलकोटमा नबिल बैंकको शाखा विस्तार

नेपाल राष्ट्र बैंकबाट क वर्गको ईजाजात प्राप्त नबिल बैंकले बाग्लुङ जिल्लाको गलकोट नगरपालिकामा शाखा विस्तार गरि सञ्चालनमा ल्याएको छ । ग्रामीण क्षेत्रमा आफनो सेवा सुविधा उपलब्ध गराउने उद्येश्य शाखा विस्तार गरेको बैंकले जनाएको छ ।

जिल्लाको गलकोट नगरपालिका वडा नं ३ हटिया बजारमा बैंकले नयाँ शाखा विस्तार गरेको नबिल बैंकका गण्डकी प्रदेश प्रमुख सुर्य रोकाले जानकारी दिए । बैंकले देशैभर आफ्नो शाखा विस्तार गर्ने क्रममा गलकोटमा २ सय ४७ औं शाखा सञ्चालनमा ल्याएको उनले बताए ।

देशका विकसित, अर्ध–विकसित तथा ग्रामीण स्थानहरुमा समेत आफ्नो उपस्थितिलाई दरिलो बनाउँदै अत्यावश्यक वित्तिय सेवा नागरिकलाई प्रत्याभुत गराउँदै आएको नबिल बैंकले बाग्लुङ सदरमुकाम बाहिर जिल्लामा दोस्रो शाखा सञ्चालन गरेको नबिल बैंक गलकोट शाखाका प्रवन्धक सुन्दर सापकोटाले जानकारी दिए ।

सन् १९८४ देखि आफ्ना ग्राहकलाई समय अनुकुल सेवा प्रदान गर्दै आएको नबिल बैंककोे हाल देशभर २ सय ४७ शाखा, १७ एक्सटेन्सन काउन्टर र २ सय ७६ वटा एटिएम सञ्चालनमा रहेको बैंकले जनाएको छ । यस शाखा मार्फत बैंकले ग्राहकको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण डिजिटल बैकिङ सेवाका साथै साना तथा लघु व्यवसायी र आम सर्वसाधारण नागरिक माझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको छ ।

बैंकले आफ्नो सेवा थप सुदृढ अनि व्यापक बनाउने प्रतिवद्धता जनाउँदै सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लघुवित्त लगायतका वित्तीय सेवाहरुको बढ्दो मागलाई पुरा गर्न नयाँ तथा वित्तीय पहुँच नपुगेका ठाउँमा आफनो शाखा विस्तार गर्दै आईरहेको बताएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button