लाइसेन्सविना स्कुटर चलाउँदा दुर्घटना : आमाको मृत्यु, छोरी जेलचलान

लाइसेन्सविना स्कुटर चलाउँदा दुर्घटनामा परी आफ्नै आमाको मृत्यु भएको घटनामा स्कुटर चालक जेल चलान भएकी छिन् ।

पुस १३ गते तनहुँको शुक्लागण्डकीमा बा २ क ६२१९ नम्बरको टिपरले ग ९ प ५६४९ नम्बरको स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा स्कुटर चालक पोखरा ३३ की लीला देवी नेपालीकी आमा रहेकी थिइन् । दुर्घटनामा गम्भीर घाइते उनको उपचारका क्रममा पुस १७ गते मृत्यु भएको थियो ।

घटनामा स्कुटर चालकसँग लाइसेन्स नभएको पाइए पछि उनलाई जेल चलान गरिएको हो । जिल्ला अदालत तनहुँले टिपर चालक तिलक श्रेष्ठलाई पनि पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button