पोखरामा राष्ट्रिय आविष्कार केन्द्रको बायोमेडिकल ल्याब, यस्ता उपकरणको गर्छ उपचार

राष्ट्रिय आविष्कार केन्द्रले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग सम्झौता गरेर बायोमेडिकल ल्याब सञ्चालनमा ल्याएको छ ।

राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनका अनुसार ल्याबले गण्डकीमा रहेका जिल्ला अस्पतालको मेडिकल उपकरणहरु क्यालिब्रेसनको काम गर्नेछ । केन्द्रले दुई महिना अघि देखि नै काम शुरु गरिसकेको र विभिन्न उपकरणको मर्मतसमेत गरिसकेको पुनले बताएका छन् । ल्याबले इसिजी, ओटि टेबल, बेबी वार्मर, फोटोथेरापी मेसिन जस्ता उपकरणहरुको मर्मत गरिसकेको पनि पुनले उल्लेख गरेका छन् ।

ल्याबलाई उच्चस्तरको बनाउन गण्डकी प्रदेशले पनि १० करोड उपलब्ध गराउने जनाएको छ । तर सरकारी प्रक्रिया अझै पूरा नभएको उनको भनाई छ । ल्याबबाट निजी अस्पतालहरुले पनि शुल्क तिरेर सेवा लिन सक्नेछन् । हाल आविष्कार केन्द्रका तीन जना इन्जिनियरले ल्याब सञ्चालन गरिरहेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button