म्याग्दीका किसन लागुऔषधसहित पक्राउ

ठूलो मात्रामा लागुऔषधसहित म्याग्दीका एक युवा पक्राउ परेका छन् ।

माघ २४ गते भैरहवाबाट बाग्लुङतर्फ आउँदै गरेको ना ५ ख ४९६७ नम्बरको यात्रुवाहक बस चेकजाँच गर्ने क्रममा म्याग्दी जिल्लाको बेनी नगरपालिका-१० पात्लेखेत बस्ने २२ वर्षीय रविन किसनलाई लागूऔषधसहित प्रहरीले पक्राउ गरेको हो । उनलाई तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं. ४ बेनिटारस्थित पृथ्वीराजमार्ग सडकखण्डमा रहेको अस्थायी प्रहरी पोस्ट मुग्लिङ्ग पुलजिपको टोलीले मध्यान्ह साढे २ बजे पक्राउ गरेको थियो ।

किसनको साथबाट ६८ एम्पुल डाइजेपाम २ एमएल,६९ एम्पुल फेनार्गन २ एमएल र ६९ एम्पुल नुफिन २ एमएल गरि कुल २०६ एम्पुल नियन्त्रित लागुऔषध बरामद गरेको प्रहरीले जनाएको छ । उनले कालो र नीलो रङ्गको झोलामा उक्त परिमाणको लागूऔषध लुकाइछिपाई ल्याएको प्रहरीले जनाएको छ ।

तनहुँ जिल्ला अदालतबाट लागूऔषध नियन्त्रण ऐन २०३३, बमोजिमको कसुरमा म्याद थप गरी उनीविरुद्ध थप अनुसन्धान कार्य जारी रहेको पनि प्रहरीले उल्लेख गरेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button