नाटक आतुरकालको फर्स्ट लुक्स सार्वजनिक

इन्द्रेणी थिएटरको प्रस्तुतिमा केदार नाथ पौडेलद्धारा लिखित नाटक आतुरकालको फर्स्ट लुक्स सार्वजनिक भएको छ । नाटकको निर्देशन कपिल शर्माले गर्नुभएको छ ।

आतुरकालको पोष्टर सार्वजनिक गर्दै निर्देशक कपिल शर्माले फरक फरक अनुभूति गर्ने रहरले यो बनेको र विशेषगरि नेपाली समाजको जरैसम्म पुगेर नाटक लेख्न सिपालु केदार नाथ पौडेलको यो अर्को उदाहरण भएको जनाउनुभयो । ‘आतुरकाल’ गण्डक क्षेत्रलाई केन्द्र बनाएर लेखिएको नाटक भएको पनि उनले बताउनुभयो । शर्माले केदार नाथ पौडेल पछिल्लो पुस्ताका चर्चित नाटककार भएको र उनको पहिलो चर्चित नाटक घेरो र धनिरामको गोरु निर्देशन गर्ने मौका पनि पाएका जनाउदै पोखरेली दर्शकले यो नाटक पनि माया गर्नेमा विश्वस्त रहेको बताउनुभयो ।

शर्माका अनुसार एउटा मान्छे जन्मेपछि उसले मृत्युवरण गर्ने बेलासम्म अनेकन अप्ठ्यारा परिस्थितिहरूको सामना गर्नुपर्ने आफ्ना संस्कार, चालचलनले कसरी पिरोल्ने एउटा देखाइएको ‘आतुरकाल’ एउटा मान्छेको जीवन चक्र हो । लेखक केदारनाथ पौडेलले नाटक लेख्दा थुप्रै पटक भावविह्वल भएको र देशमा परिवर्तनका नारा थुप्रै पटक घन्किएर थुप्रै व्यवस्था बदलिए पनि आत्मा र शरीरले सुखको अनुभुती गर्न नपाएको बताउदै जीवन ठक्करै ठक्करको मरुभूमि बन्न पुगेकोहरुका पिडा, दुख र सङ्घर्षको पहाड ‘आतुरकाल’ जनाउनुभयो ।

कलाकार राजेन्द्र अधिकारीले नाटक धनिरामको गोरुको रिहर्शल गर्दै गर्दा एकदिन नाटककार पौडेल नयाँ नाटक लिएर आएपछि नाटक सर्सर्ति अध्ययन गर्दै आँखा रसाएको बताउनुभयो । उहाँले धनिरामको गोरुको अन्तिम चरणमा पुग्दै गर्दा त्यसलाई बीचैमा थाँति राखेर नाटक ‘आतुरकाल’ गर्ने निर्णय गरेको जानकारी दिदै आफु रुखो मान्छे भएपनि आतुरकालको रिहर्शलमा आफै धेरैपटक भावविहल भएको बताउनुभयो ।

नाटक फागुन ५ देखि ११ गतेसम्म पोखरा थिएटरमा प्रस्तुत हुने इन्द्रेणी थिएटरका व्यवस्थापक दिपेन्द्र पौडेलले जानकारी दिनुभयो । नाटकको सह निर्देशक लक्ष्मण डुम्रेको छ भने कलाकारमा राजेन्द्र अधिकारी, प्राञ्जल, ज्योती हमाल, रिमा शाही ठकुरी, उत्तमजङ्ग राणा, शिवहरी अर्याल र बिनोद पौडेल रहेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button