नेपाल र बङ्गलादेश साफ च्याम्पियनसिपको फाइनलमा भिड्दै, यसरी हेर्नुहोस् लाइभ:

साफ यू-२० महिला च्याम्पियनसिपको फाइनलमा आज नेपाल र बङ्गलादेश भिड्दै छन् ।

बंगलादेशको राजधानी ढाकामा जारी प्रतियोगिताअन्तर्गत लिगको आ-आफ्नो अन्तिम खेलमा नेपालले भारतलाई ३-१ र बङ्गलादेश भुटानलाई ५-० ले हराउँदै फाइनलमा पुगेका थिए । अब अन्तिम खेलमा उपाधि चुम्न ढाकास्थित वीर श्रेष्ठ शहिद सिपाही मुस्तफा कमल स्टेडियममा नेपालले आयोजक टोलीलाई रोक्नुपर्नेछ ।

लिग चरणमा ३ मध्ये दुई खेल जितेको नेपालले बङ्गलादेशसँगको खेलम भने हार व्यहोरेको थियो । नेपालले भारत र भुटानलाई गराएको थियो । बङ्गलादेश भने हालसम्म प्रतियोगितामा अपराजित रहेको छ । नेपाललाई हराएको बङ्गलादेशले भुटानमाथि पनि फराकिलो जीत हात पार्दा भारतसँग भने बराबरी खेलेको थियो । लिगमा ७ अङ्क हात पार्दै लिग विजेताको हैसियतमा बङ्गलादेश फाइनल पुग्दा नेपाल ६ अङ्कका साथ उपविजेता बन्दै फाइनल पुगेको हो ।

फाइनल खेल स्थानीय समयअनुसार साँझको ६ बजे शुरु हुनेछ । खेलको प्रत्यक्ष प्रसारण Sportzworkz नामक युट्युब च्यानलबाट हुनेछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button