बाँडफाँड भयो मायाखोलाको आइपिओ, मेरोसेयरको वेबसाईट भने डाउन

माया खोला जलविद्युत आयोजनाको साधारण सेयर बाँडफाँड सम्पन्न भएको छ । आईपिओको बिक्री प्रबन्धक प्रभु क्यापिटलले आज बिहान साढे ९ बजे एक कार्यक्रमबीच आइपिओ बाँडफाँड कार्यक्रम गरेको थियो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित १९ लाख ९२ हजार कित्ता सेयर माघ १३ देखि १७ गतेसम्मका लागि बिक्री खुला गरेको थियो । आइपिओमा करिब ५ गुणा अर्थात १ करोड ६३ लाख ६ हजारभन्दा धेरै कित्ताको माग आवेदन परेको थियो । १४ लाख भन्दा बढीले माग गरेपनि कूल आवेदकमध्ये १२ लाख ७८ हजार जनाको आवेदन मात्रै स्वीकृत भएको थियो ।

त्यसमध्ये पनि भाग्यमानी १ लाख ९९ हजार २०० आवेदकले १० कित्ताका दरले सेयर प्राप्त गरेका छन् । आइपिओको नतिजा आएपछि सिडिएससीको वेबसाईट भने डाउन भएको छ । प्रयोगकर्ताले मेरो सेयर एपसमेत नखुलेको गुनासो गरेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button