फागुन १ देखि बेनी-गलेश्वर सडक दैनिक साढे ६ घन्टा बन्द हुने

बेनी-कोरला सडकअन्तर्गतको बेनी-गलेश्वर सडकखण्ड फागुन १ गतेदेखि दैनिक साढे ६ घन्टा बन्द हुने भएको छ ।

जिल्ला प्रशासन कार्यालय म्याग्दीले आज जारी गरेको सूचना अनुसार फागुन १ गते देखि फागुन १५ गतेसम्म सडक विस्तार एवम् स्तरोन्नतिका लागि विभिन्न तीन समय गरि दैनिक साढे ६ घण्टा बाटो बन्द हुने भएको हो । सूचना अनुसार बिहान ६:०० बजे देखि ८:०० बजेसम्म पहिलो सिफ्ट, बिहान ११:३० बजेदेखि दिउँसो १:३० सम्म दोस्रो सिफ्ट र राति ८:३० देखि ११:०० बजेसम्म तेस्रो सिफ्ट गरी कुल साढे ६ घण्टा यातायात बन्द हुनेछ ।

फागुन ६ गते शिवरात्रीका दिन भने यातायात आवागमन सुचारु हुने जनाइएको छ । दमकल, एम्बुलेन्सजस्ता अत्यावश्यक सवारीसाधनका लागि भने सम्भव भएसम्म छिटो सडक खुलाइनेपनि उल्लेख गरिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button