निजी क्षेत्रको सबैभन्दा ठूलो हाइड्रो सोलुखोला राष्ट्रिय ग्रीडमा जोडियो

स्वदेशी लगानीमै निजी क्षेत्रबाट निर्माण भएको सबैभन्दा ठूलो हाइड्रो सोलुखोला राष्ट्रिय ग्रीडमा जोडिएको छ ।

८६ मेगावाट क्षमताको सोलुखोला हाइड्रो आज शुक्रबारबाट सम्पुर्ण परीक्षण सम्पन्न गरि राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको हो । रन अफ द रिभर अर्थात नदी प्रवाहमा आधारित सोलुखोला हाइड्रो सोलुखुम्बु जिल्लामा निर्माण भएको हो । सुख्खा याममा नदीमा पानीको बहाव कम हुँदा विद्युत व्यवस्थापन गर्न हम्मेहम्मे परेका बेला यस हाइड्रोले विद्युत प्राधिकरणलाई ठूलो राहत दिने विश्वास गरिएको छ ।

आयोजनाले तत्काल ३७ मेगावाट बिजुली उपलब्ध गरि राष्ट्रिय प्रसारणमा प्रवाह गर्नेछ । सीई कन्स्ट्रक्सनले निर्माण गरेको यस हाइड्रो नेपालमा बनेका मध्येकै निकै कम लागतमा बनेको हाइड्रो मध्ये एक रहेको छ । यस हाइड्रोको लागत प्रतिमेगावाट १३ करोड ८० लाख रुपैयाँ रहेको छ ।

सोलुखोला हाइड्रोमा नेपाल इन्भेष्टमेन्ट बैंकको कन्सोर्टियममा विभिन्न बैंक तथा वित्तिय संस्थाको लगानी छ । आयोजना वित्त व्यवस्थापन ७५ प्रतिशत ऋण लगानी र २५ प्रतिशत इक्विटी रहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button