सरकार र चिकित्सकबीच सहमति, आन्दोलन स्थगित

सरकार र चिकित्सकबीच ६ बुँदे सहमति भएसँगै नेपाल चिकित्सक संघको आन्दोलनका सबै कार्यक्रम स्थगीत भएको छ ।

चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्की र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव एवं वार्ता टोली संयोजक डा. गणेशप्रसाद पाण्डेयले एक सहमतिमा हस्ताक्षर गर्दै चिकित्सकले आन्दोलनका कार्यक्रम स्थगित गर्दै आफ्नो जिम्मेवारीमा फर्कने निर्णय भएको छ । माघ २७ गते राष्ट्रपति सवारीका क्रममा ट्रमा सेन्टरमा प्रहरीले डाक्टर कुटेपछि संघ आन्दोलित भएको थियो ।

सहमतिमा एक साताभित्र घटनाबारे छानबिन गरि दोषीलाई कारवाही गर्ने, घाइते चिकित्सकको उपचार सरकारले गर्नेलगायत समझदारी भएका छन् । त्यसैगरी विशिष्ट व्यक्तिको सवारीमा सुरक्षा व्यवस्थापन गर्दा बिरामी तथा स्वास्थ्यक्षेत्र र विद्यालयमा असर नपुग्ने गरि परिमार्जन गर्नुपर्ने पनि सहमतिमा उल्लेख छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button