मापसे गरी सवारी दुर्घटना र हातपात गर्ने दुई पक्राउ

मादकपदार्थ सेवन गरि सवारी दुर्घटना गराई उल्टै हातपात गरेर भागेका दुईजना पक्राउ परेका छन् ।

शुक्रबार आँबुखैरेनी गाउँपालिका वडा नं. ३ चिसापानी स्थित पृथ्वीराजमार्ग सडकखण्डमा ग १ क ४१८६ नम्बरको मिनी ट्रकलाई सोही दिशाबाट आउँदै गरेको बा.प्र.०३००१ ख. ०९६७ नम्बरको ट्रकले ठक्कर दिएको थियो । दुर्घटनापश्चात् मादकपदार्थ सेवन गरेका ट्रक चालक १९ वर्षीय झलक बहादुर श्रेष्ठ र सहचालक २२ वर्षीय सुमन वि.कले मिनिट्रकका चालकलाई हातपात गरि घाइते बनाएर फरार भएका थिए ।

चितवन जिल्लाको राप्ती नगरपालिका बस्ने दुवैलाई इलाका प्रहरी कार्यालय आँबुखैरेनीले हिजो आइतबार पक्राउ गरेको हो । उनीहरुलाई आँबुखैरेनी गाउँपालिका-४ बेनीटारबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले जिल्ला प्रशासन कार्यालय तनहुँबाट मुलुकी फौजदारी संहिता २०७४, बमोजिम म्याद थप गरी थप अनुसन्धान गरिरहेको पनि जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button