बाग्लुङको दुर्गम क्षेत्रमा टेलिकमको फोरजी सेवा विस्तार

नेपाल टेलिकमले बाग्लुङको जैमिनी नगरपालिकाको वडा नं ७ जैदी पाहाकोटमा चौथो पुस्ताको मोबाइल सेवा फोरजी सञ्चालनमा ल्याएको छ । टेलिकमले जैमिनी नगर र स्थानीयसँगको समन्वयमा टावर निर्माण गरि टुजी र फोरजी मोबाइल सेवा सञ्चालन गरिएको नेपाल टेलिकमले जनाएको छ ।

मोबाइल सेवा नहुँदा यस भन्दा पहिले त्यस क्षेत्रमा कुराकानी गर्न र इन्टरनेट चलाउन समस्या रहेकोमा मोबाइल सेवा शुभारम्भ सँगै समस्या हल भएको छ । टावर सञ्चालनमा भएपछि जैमिनी नगरपालिकाको जैदी, छिस्ती र अर्जेवाको ठुलो भू-भागमा टेलिकमको सिग्नल कभरेज पहुँच बढेको छ ।

पहिले यहाँका मानिसहरू सूचना आदान प्रदान गर्न कि त कटुवालको भर पर्नु पर्थ्यो की त सम्बन्धित ठाउँमै धाउनु पर्ने वाध्यता थियो । मोबाइल फोन बोक्ने सेवाग्राहीहरु डाँडा काँडामा पुगेर मुस्किलले कुराकानी गर्ने र मोबाइल डेटा मार्फत इन्टरनेट चलाउनु पर्दा सेवा ग्राहीले निकै सास्ती खेप्नु परेको थियो । बागलुङ बजार देखि दक्षिणमा अवस्थित यस क्षेत्रमा टेलिकमले पहिलो पटक मोबाइल सेवा विस्तार गरेको हो । पाहाकोट डाँडामा १४ मिटर अग्लो टावर निर्माण गरी सेवा सञ्चालनमा ल्याएको नेपाल टेलिकम बाग्लुङले जनाएको छ ।

सेवा सुचारु भएपछि अहिले स्थानीय बासिन्दाले गुणस्तरीय भ्वाइस र मोबाइल डेटा मार्फत इन्टरनेट सेवा पाएको नेपाल टेलिकम बागलुङका प्रमुख तथा वरिष्ठ इञ्जिनीयर केशव शर्माले बताए । यस अघि ती दुवै गाउँमा मोबाइल सेवा थिएन । भौगोलिक विकटताका कारण अन्यत्रका टावरबाट सिग्नल पहुँच पुग्दैनथ्यो । मोबाइलमा कुराकानी गर्न अग्लो ठाउँ भएतिर जानुपर्ने बाध्यता थियो । टावर सञ्चालनमा आएपछि त्यहाँका ७ सय घर धुरी लाभान्वित भएको शर्माको भनाई छ । जैदी सँगै छिस्ती र अर्जेवाको अधिकांश बस्तीका नागरिकले भ्वाईस र डेटा सेवा उपयोग गर्न थालेको जैमिनी नगरपालिकाका नगर उपप्रमुख हरिहर शर्माले जानकारी दिए । उनले भने हामीले नागरिकको सञ्चार समस्यालाई मध्यनजर गर्दै नेपाल टेलिकमसँग समन्वय गरि सेवा सञ्चालनमा ल्याउन सफल भएको नगर उपप्रमुख शर्माले उल्लेख गरे ।

त्यसको लागि नगरपालिकाले पाहाकोटमा भौतिक पूर्वाधार निर्माण र स्थानीय केन्द्रिय विधुतसँग समन्वय गरि टावर सम्म केन्द्रिय विद्युत पुर्याइएको छ । टेलिकमले भौगोलिक विकटता र ईन्टरनेट सेवा नपुगेका ठाउँमा टेलिकमले मोवाईल प्रयोगकर्ताको माग र डाटाको खपत बढी हुने ठाउँमा फोरजी सेवा मार्फत डेटा र गुणस्तरिय भ्वाईस सेवालाई समेत विस्तार गर्ने तयारी गरिरहेको छ ।

नेपाल टेलिकमले धौलागिरीका चार जिल्ला बाग्लुङ, पर्वत, म्याग्दी र मुस्ताङमा गरी हालसम्म १ सय २० बढि ठाउँमा टावर निर्माण गरि फोरजी सेवा सञ्चालनमा ल्याई सकेको छ । फोरजी सेवा नपुगेको र सिग्नल कभरेजको पहुँच बाहिर रहेका स्थानमा क्रमश स्थानिय तह र नागरिक सँगको समन्वयमा बिटियस टावर निर्माण गरि सेवा सञ्चालनको तयारी भइरहेको टेलिकमले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button