मादकपदार्थ सेवन गरि कुटपिट गर्दा कलाकार खतिवडा पक्राउ

मादकपदार्थ सेवन गरि स्थानीय एक युवालाई कुटपिट गर्दा कलाकार पवन खतिवडा म्याकुरी पक्राउ परेका छन् ।

मङ्गलबार राति मोरङको बेलबारी नगरपालिका–१ स्थित एउटा होटलमा भएको घटनामा खतिवडासहित अन्य दुई युवा पक्राउ परेका हुन् । बेलबारीकै एक स्थानीय युवकलाई कुटपिट गरेको अभियोगमा तीन जनालाई हिरासतमा लिएको प्रहरीले जनाएको छ ।

कुटपिटबाट युवक सामान्य घाइते भएको बताइएको छ । घाइते युवकलाई उपचारका लागि अस्पताल लगिएको थियो । घटना विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button