बाटो निर्माणमा अवरोध गर्ने पर्खालमा पोखरा महानगरको डोजर चल्यो

पोखरा महानगरपालिका वडा नं.१० मिलन टोल प्रवेश बिन्दु हुँदै जाने बाटो निर्माणमा अवरोध हुने गरी निर्माण गरिएको पर्खाल पोखरा महानगरपालिकाले हटाइदिएको छ ।

सार्वजनिक जग्गामा निर्माण गरिएको सो पर्खाल महानगरपालिकाले शुक्रवार हटाइदिएको हो । यस अघि पर्खाल हटाइ अवरोध खोल्न पटक पटक अनुरोध गरिएकामा अटेर भएपछि पोखरा महानगरपालिकाको नगर प्रहरीले सो पर्खाल भत्काइएको हो ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

प्राविधिक प्रतिवेदन अनुसार सिट नं.०९४–०९२१–२४ को कित्ता नं.५० मा बाटो कायम गरिएको फिल्ड बुक समेत प्राप्त भएकाले सोही प्रतिवेदनका आधारमा प्रमुख स्तरीय निर्णय गरी संरचना हटाउन अनुरोध गरे पनि त्यसको कार्यान्वयन हुन सकिरहेको थिएन । पटक पटक अटेर गरेपछि शुक्रवार महानगरपालिका आफैले डोजर लगाएर संरचना भत्काएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button