आमाघर पाठशालाले मनायो नवौँ वार्षिकोत्सव

पोखराको पुम्दीभुम्दीमा रहेको आमाघर पाठशालाले नवौँ वार्षिकोत्सव मनाएको छ । पुम्दीभुम्दीको शैक्षिक विकासमा उल्लेख्य टेवा पुर्याएको पाठशालाले वि.सं २०६९ साल देखि नै बाल विकास कक्षा सञ्चालन गर्दै आएको छ ।

वार्षिकोत्सव कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सभा सदस्य तथा कार्यक्रमका प्रमुख अतिथि प्रकाश बरालले आमाघर पाठशालाले गाउँमा नै सर्वसुलभ मुल्यमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको भन्दै धन्यवाद व्यक्त गरेका थिए । प्रमुख अतिथि बरालले नेचर अनुसारको फिचर हुने र प्राविधिक शिक्षामा जोड दिदै अग्रगामी छलाङ्ग मार्न आफुले सदैव सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

यसैगरी वडा नं २२ का वडाध्यक्ष तथा विशिष्ट अतिथि हिमलाल बरालले वडा र महानगर सदैव पाठशालाको साथमा रहेको बताए । सरकारले गर्नु पर्ने काम पाठशालाले गरेकोमा उनले धन्यवाद व्यक्त गरे । नेपाली गाउँका साथीहरु नामक संस्थाले आमाघर पाठशाला स्थापनाको लागि वि सं २०६७ सालमा जग्गा खरिद गरि २०६८ सालमा भवन निर्माण गरेको थियो । त्यसपछि तत्कालीन गाँउ विकास समितिबाट स्वीकृति पाप्त गरि २०६९ मा आमाघर पाठशाला नामबाट बाल विकास कक्षा सञ्चालन गरिएको थियो

हाल विद्यालयमा  २०७ जना विद्यार्थी र २२ शिक्षक कर्मचारी रहेका छन् । भावि दिनमा प्राविधिक शिक्षा सहित थप ९ र १० का कक्षा सञ्चालन गर्ने लक्ष्य रहेको विद्यालयका अध्यक्ष मोतीप्रसाद पौडेलले बताए । कार्यक्रममा पूर्व वडा अध्यक्ष मित्रलाल बराल, नरनाथ बराल, मिनु परियार, प्रकाश गुरुङलगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा विद्यालयका उत्कृष्ट शिक्षकमा एलिना गुरुङ्ग र उत्कृष्ट कर्मचारीमा नरसुभा बिक सम्मानित भएका छन् । आमाघर पाठशाला पोखरा २२ पुम्दीभुम्दीले वार्षिकोत्सव समारोहसँगै अभिभावक दिवस एवम पुरस्कार वितरण कार्यक्रम शुक्रबार सम्पन्न गरेको हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button