अन्तिम ५ ओभरमा ८४ रन प्रहार गरेसँगै नामिबियाले नेपालविरुद्ध २७५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
टस हारेर ब्याटिङमा उत्रिएको नामिबियालाई नेपाली स्पीनरले शुरूवात चरणमा कसिकसाउ बलिङ गर्दै दबाबमा राखेका थिए । खेलको ४० औं ओभरसम्म १५८ रन मात्र बनाएको नामिबियाले त्यसपछि भने आक्रामक ब्याटिङ गरेको थियो । नामिबियाका लागि ओपनर लोहान लरेन्सले ४१ रन बनाए भने पिक्की याफ्रान्सले ४९ रन बनाए । जेन ग्रीनले सर्वाधिक ७५ रन बनाउँदा रुबेन ट्रम्पलम्यानले ७ बलमै २४ रन बनाए ।
बलिङतर्फ नेपालका लागि सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गर्दै १० ओभरमा ४६ रन दिएर ३ विकेट लिए । करन केसीले एक विकेट लिँदा नामिबियाका दुई खेलाडी रनआउट भएका थिए । करन केसी ९ ओभरमै ७४ रन खर्चदै निकै महँगो सावित भए सोमपाल कामीले पनि ९ ओभरमा ५३ रन खर्चिए । दीपेन्द्र सिंह ऐरीले भने कसिकसाउ बलिङ गर्दै १० ओभरमा ३७ रन मात्र दिए ।
२७५ रन पछ्याउँदै नेपालले अब केही समयमा जवाफी ब्याटिङ थाल्नेछ । नेपालले त्रिकोणात्मक सिरिजअन्तर्गत यस अघिका दुई खेलमा नामिबिया र स्कटल्याण्डलाई पराजित गरिसकेको छ । हाल क्रिकेट विश्वकप लिग २ अन्तर्गतका खेलहरु नेपालको त्रिभुवन विश्वविद्यालयको मैदानमा भइरहेको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution