नेपालको लगातार तेस्रो जीत, नामिबिया ३ विकेटले पराजित

  • पोखरा न्यूज
  • २०७९ फागुन ६
नेपालको लगातार तेस्रो जीत, नामिबिया ३ विकेटले पराजित

|फाइल तस्बिर

आइसिसी विश्वकप लिग २ मा लगातार तेस्रो जीत हात पार्ने क्रममा नेपालले नामिबियालाई ३ विकेटले पराजित गरेको छ ।

खेलमा टस हारेर ब्याटिङमा उत्रिएको नामिबियालाई नेपाली स्पीनरले शुरूवात चरणमा कसिकसाउ बलिङ गर्दै दबाबमा राखेका थिए । खेलको ४० औं ओभरसम्म १५८ रन मात्र बनाएको नामिबियाले त्यसपछि भने आक्रामक ब्याटिङ गरेको थियो । नामिबियाका लागि ओपनर लोहान लरेन्सले ४१ रन बनाए भने पिक्की याफ्रान्सले ४९ रन बनाए । जेन ग्रीनले सर्वाधिक ७५ रन बनाउँदा रुबेन ट्रम्पलम्यानले ७ बलमै २४ रन बनाए ।

बलिङतर्फ नेपालका लागि सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गर्दै १० ओभरमा ४६ रन दिएर ३ विकेट लिए । करन केसीले एक विकेट लिँदा नामिबियाका दुई खेलाडी रनआउट भएका थिए । करन केसी ९ ओभरमै ७४ रन खर्चदै निकै महँगो सावित भए सोमपाल कामीले पनि ९ ओभरमा ५३ रन खर्चिए । दीपेन्द्र सिंह ऐरीले भने कसिकसाउ बलिङ गर्दै १० ओभरमा ३७ रन मात्र दिए ।

२७५ रन पछ्याएको नेपालले संयमित शुरूवात गर्यो । कुशल भुर्तेललाई एक रनमै गुमाए पनि दोस्रो विकेटका लागि नेपालका आसिफ सेख र ज्ञानेन्द्र मल्लले एक सय ३७ रनको साझेदारी गरे । सेख व्यक्तिगत ८१ रनको स्कोरमा आउट भए भने मल्लले ६५ रन बनाए । त्यसपछि आएका कुशल मल्लले पनि आक्रामक ६२(४९) रन बनाएपछि नेपालको जीत सहज बनेको थियो । नेपालका लागि कप्तान रोहित पौडेलले पनि ३९ रनको योगदान दिए ।

नेपालले त्रिकोणात्मक सिरिजअन्तर्गत यस अघिका दुई खेलमा नामिबिया र स्कटल्याण्डलाई पराजित गरिसकेको छ । हाल क्रिकेट विश्वकप लिग २ अन्तर्गतका खेलहरु नेपालको त्रिभुवन विश्वविद्यालयको मैदानमा भइरहेको छ । अब नेपालले अन्तिम खेल स्कटल्याण्डसँग मङ्गलबार खेल्नेछ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस