तनहुँमा कृषि फर्म र सुन पसलमा आगलागी

तनहुँमा कृषि फर्म र सुन पसलमा भएका छुट्टाछुट्टै आगलागीका घटनामा लाखौंको क्षति भएको छ ।

तनहुँ देवघाट गाउँपालिका-६ कालीमाटीमा रहेको भट्टराई कृषि बाख्रा फर्ममा आगलागी हुँदा गोठमा रहेका पशुचौपायाको मृत्यु भएको हो । गोठमा रहेका बाख्रा, भैँसी, गाईवस्तुहरुमध्ये ४ ओटा बाख्रा जलेर मरेको जनाइएको छ । त्यस्तै ब्याउने अवस्थामा रहेका १८ माउ बाख्राहरू घाइते भएको पनि जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ । आगलागीको कारण बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसैगरी तनहुँकै बन्दीपुर-१ डुम्रे बजारमा रहेकाे पोखरा सुनचाँदी पसलमा आगलागी भएको छ। आइतबार साँझ साढे ९ बजे भएको आगलागीबाट उक्त पसलको पूरै भाग जलेको छ । विद्युत सर्ट भएर आगलागी भएको प्रहरीको प्रारम्भिक अनुमान छ । घटनामा भएको क्षतिको यकिन विवरण भने आइनसकेको प्रहरीले जनाएको छ ।

बन्दीपुर गाउँपालिकाको बारुणयन्त्र, स्थानीय र प्रहरीको संयुक्त प्रयासमा आगलागी नियन्त्रणमा लिइएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button