तनहुँमा हत्या तथा गुण्डागर्दीका आरोपित भुजेल पक्राउ

तनहुँमा हत्या तथा गुण्डागर्दीका आरोपित मधुराम भुजेल ‘गैडे’ पक्राउ परेका छन् ।

प्रहरीका अनुसार भुजेलले मङ्सिर १२ गते राति तनहुँको आबुँखैरेनी गाउँपालिका तल्लोबजारस्थित आबुँखैरेनी-गोरखा सडकखण्डमा विष्णुप्रसाद जोशीलाई धारिलो हतियार प्रहार गरेका थिए । ज्यान मार्ने उद्योग गरि फरार भएका भुजेललाई फागुन ८ गते प्रहरीले पक्राउ गरेको हो ।

गोरखाको पालुङटार-५ घर भएका ३३ वर्षीय भुजेलले स्थानीय व्यापारीलाई पनि गुण्डागर्दी शैलीमा दु:ख दिने गरेको प्रहरीले जनाएको छ । उनलाई तनहुँ जिल्ला अदालतबाट म्याद थप गरि थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button