स्कटल्याण्डले नेपाललाई दियो दुई सय १३ रनको लक्ष्य

आइसिसी विश्वकप लिग २ अन्तर्गत आफ्नो चौथो खेलमा स्कटल्याण्डले नेपाललाई दुई सय १३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

खेलमा टस हारेर ब्याटिङमा उत्रेको स्कटल्याण्डले आक्रामक शुरूवात गरेको थियो । स्कटिस ओपनर जर्ज मुन्सीले ५० बलमै आक्रामक ६० रन बनाएपछि टोलीले १४ ओभर मै ८९ रन बनाएको छ । तर १४ ओभर अन्तिम दुई बलमा सन्दीपले मुन्सीलाई क्लीन बोल्ड तथा त्यसपछि आएका रिची बेरिङटनलाई शून्य रनमै पवेलियन फर्काएपछि नेपाल खेलमा फर्केको थियो ।

स्कटल्याण्डका लागि म्याथ्यु क्रसले ४२ र ब्रेन्डन म्याकमुलनले ३१ रनको योगदान दिए । क्रीस्टोफर म्याकब्राइड र ओपनर काइल कोत्जरले समान २२ रन बनाउँदा त्यसबाहेक खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

बलिङतर्फ नेपालका लागि सन्दीप लामिछानेले चार, करन केसीले तीन तथा कुशल मल्ल र ललित राजवंशीले एक-एक विकेट लिए । प्रतिउत्तरमा नेपालले केही क्षणमा ब्याटिङको शुरूवात गर्नेछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button