सद्गुरु जग्गी वासुदेव लिङ्ग भैरवी देवी मन्दिरको प्राण-प्रतिष्ठा गर्न तथा भैरवी उत्सवमा सहभागी हुन मार्चमा नेपाल आउने भएका छन् ।
ईशा फाउण्डेशनका संस्थापक, आध्यात्मिक तथा योग गुरु सद्गुरु जग्गी वासुदेव लिङ्ग भैरवी देवी मन्दिरको प्राण-प्रतिष्ठा गर्न तथा भैरवी उत्सवका लागी यहि फागुन २३ नेपाल आउने भएका हुन् । उनले २३ गते नै काठमाडौँको बसुन्धारामा लिङ्ग भैरवी देवी मन्दिरको प्राण-प्रतिष्ठा गर्ने कार्यक्रम रहेको छ । त्यसैगरी सद्गुरुको उपस्तिथिमा फाल्गुन २५ गते देवीको भव्य स्वागत एवम् कृपा ग्रहणका लागी टुँडिखेलमा भैरवी उत्सव हुने पनि आयोजकले जनाएको छ ।
भारत बाहिर पहिलो पटक लिङ्ग भैरवी देवी नेपालमा प्राण प्रतिष्ठित गर्न लागिएको आयोजकको भनाई छ । उक्त मन्दिर नेपाल र नेपालीका लागी सद्गुरुले उपहार स्वरुप प्रदान गरिएको जनाइएको छ । सद्गुरुले भनेका छन्, “संसारमा हाम्रो संस्कृति मात्रै एक हो जसले हामीले ‘देवता’ बनाएका हौँ भन्छ । यही कारण हो कि हामीकहाँ करिब साढे तीन करोड देवी-देवता छन् । वास्तवमा हामीले देवता बनाउने प्रविधि नै विकसित गरेका छौं । हामीले ऊर्जाका रूपहरू सिर्जना गर्यौं जुन मानिसहरूका लागी विभिन्न तरिकाबाट फाइदाजनक हुन्छ । हाम्रो संस्कृतिले हामीलाई सधैं भन्छ कि भगवान हाम्रो लक्ष्य होइन, हाम्रो लक्ष्य मुक्ति हो । ईश्वर मुक्तिको माध्यम मात्र हुनुहुन्छ। लिङ्ग भैरवी देवी पनि एक माध्यम हो, उपकरण हो । यदि तपाईँ चाहनुहुन्छ भने, तपाईँ यो उपकरण प्रयोग गरेर अगाडि बढ्न सक्नुहुन्छ, अन्यथा तपाइँ यसलाई छाडेर पनि अगाडि बढ्न सक्नुहुन्छ। तपाईं आफ्नो लक्ष्यमा कसरी पुग्न चाहनुहुन्छ, त्यो तपाईंमा निर्भर छ, तर लक्ष्य मुक्ति हो, ईश्वर होइन। ”
टुँडिखेलमा हुन गइरहेको भैरवी उत्सवमा जोकोही सहभागी हुन सकिने जनाइएको छ । सो कार्यक्रममा सद्गुरुले देवीका विभिन्न पक्षबारे चर्चा गर्ने तथा साउण्डस् अफ इशा एवम् इशा संस्कृतिको सांस्कृतिक नृत्य तथा सांगीतिक प्रस्तूती गर्ने पनि आयोजकले जानकारी दिएको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution