पोखरामा गर्यो “ब्रम्हाण्ड” ले अडिसन

कान्तिपुर फिल्म एकेडेमीले निर्माण गर्न लागेको सिरीज “ब्रम्हाण्ड” को पोखरा स्थित टोपी स्टुडियोज”मा अडिसन सम्पन्न भएको छ । यही फागुन अन्तिम साताबाट पोखरा मै छायाकंन हुन लागेको सिरीजको लागी अडिसन दिन ५० जना भन्दा बढी पोख्रेली कलाकारहरु स्टुडियोमा पुगेका थिए ।

पछील्लो समय युवा पुस्ताहरुको ओटीटी प्लाटफर्मका कन्टेन्टहरु र सिरीजहरुमा चासो बढेको पाईएकोले पनी सिरीज निर्माणमा हात हाल्न लागेको टोपी स्टुडियोज का सागर राज आचार्यले जानकारी गराए । पोखरा कै स्कृप्टराईटर रियाज नाटककारको स्कृप्टमा कान्तिपुर फिल्म एकेडेमी र टोपी स्टुडियोज मीलेर निर्माण गर्न लागको ब्रम्हाण्डको पहीलो सिजनमा ८ एपीसोड हुने र हरेक एपीसोड ५० मीनेटको हुने आचार्यले बताए ।

पोखरा मै रहेर नाटक र फिल्महरुमा पनी काम गरिसकेका थुप्रै पोख्रेली कलाकारहरु अडिसनमा सहभागी भएका थिए । २ वटा सेड्युलमा छायांकन सुरु गरिने “ब्रम्हाण्ड” को लागी मुख्य भुमिका कै लागी मात्रै २७ जना क्यारेक्टर चाहीने तथा केही मुख्य कलाकारहरु काठमाण्डौको अडिसनबाट छानीएको र बाँकी पोखरा बाटै छानीने कान्तिपुर फिल्म एकेडेमीका सिईओ प्रकाश पुरीले बताए ।

काठमाण्डौको अडिसनबाट सिरीजको मुख्य भुमीकामा राजन खतिवडा, अनुपम शर्मा, सुरज विष्ट, सुप्रज्ञा शर्मा, प्रविन ज्ञवालीलगायतका कलाकारहरु फाइनल भइसकेका छन ।सोसल सस्पेन्स सिरीज ब्रम्हाण्डका निर्देशक रविन आचार्य हुन् । डाईङ क्यान्डेल लगायत थुप्रै अवार्ड विनीङ फिल्महरुमा डिओपी गरीसकेका आचार्यको यो पहीलो डिरेक्टीरियल डेब्यु हो । यस सिरीजलाई यही आउने वैशाख पछि टेलिभीजन र ओटीटी प्लाटफर्मको माध्यमबाट रिलीज गरीने बताईएको छ ।

भर्खरै मात्रै कान्तिपुर फिल्म एकेडेमीले बिरगंजमा अर्को सिरीज “मीस स्कार्लेट” को छायांकन सकाएको थियो । मीस स्कार्लेट र ब्रम्हाण्ड सँगै एकेडेमीले अन्य ४ वटा बिग बजेट नेपाली सिरीजहरु बनाउन लागेको बुझीएको छ । यि सिरीजहरुलाई ईन्टरनेश्नल प्लाटफर्म सम्म लैजाने उदेश्य रहेको र त्यही अनुसार क्वालीटी र सब्जेक्ट सेलेक्सनमा ध्यान दिईएको कान्तिपुर फिल्म एकेडेमीका प्रोडक्सन हेड दिलीप पन्तले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button