संगम कपमा आज सेमिफाइनलका खेलहरु हुने

पोखरामा जारी आठौँ संस्करणको संगम कप बिल स्मृति फुटबल प्रतियोगिता २०७९ अन्तर्गत आज सेमिफाइनलका २ खेलहरु हुने भएका छन् । पोखरा रंगशालाको फुटबल मैदानमा शुक्रबार पहिलो खेल मध्यान्ह १२ बजे एल.जी एशोसियसन र भ्याली स्पोर्ट्स क्लबबीच हुने भएको छ ।

दोश्रो खेल दिउँसो २ बजे पछि नव आदर्श सामुदायिक विकास समाज र सहारा क्लबबीच हुने प्रतियोगिताका संयोजक शिव गुरुङ (माया) ले बताए । बिहिबार ४ वटा क्वाटरफाइनलका खेलहरु सम्पन्न भएको प्रतियोगिताका म्याच कमिस्नर खिम बहादुर गुरुङले बताए ।

पहिलो क्वाटरफाइनल खेलमा एल.जी.एशोसियसनले आयोजक संगम क्लबविरुद्ध ५-० को एकतर्फी जीत हासिल गर्यो । एल.जी.को जितमा आसिस गुरुङले ह्याट्रिक, संजय जलारी र कृष्ण गुरुङले खेलको एक-एक गोलको योगदान दिए । म्यान अफ दी म्याच घोषित भएका आशिषले खेलको १९, २६ र पहिलो हाफको इन्जुरी समयमा गोल गरेका हुन्।

दोश्रो खेलमा भ्याली स्पोर्ट्स क्लबले एपेक्सको समुहलाई ४-१ को गोल अन्तरले पराजित गर्यो । तेश्रो क्वाटरफाइनल खेलमा नव आदर्श सामुदायिक विकास समाजले बिष्णुपादुका क्लबलाई ५-३ को गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा यात्रा तय गर्यो ।

निकै प्रतिस्पर्धात्मक अन्तिम क्वाटरफाइनल खेलमा सहारा क्लबले सडेन डेथमा भण्डारढिकको आदर्श युवा क्लबलाई पराजित गर्यो । ७० मिनेटको निर्धारित समय र थपिएको २० मिनेटको अतिरिक्त समयमा दुवै टिमतर्फबाट गोल हुन नसकेपछि खेल टाइब्रेकरमा पुगेको थियो ।

टाइब्रेकरमा पनि समान ३-३ गोल भए पछि खेल सडेन डेथमा पुगेको थियो । आदर्श क्लबका सुमन श्रेष्ठको सडेन डेथमा प्रहार गरेको पेनाल्टी सुट मिस हुदा प्रतियागिताबाट बाहिरिनु पर्यो । सहाराका सुमिन पुनले सडेन डेथको पेनाल्टी सुटमा गोल गर्दै टोलीलाई सेमीफाइनलसम्म डोहोर्याएका थिए । खेलमा सहाराका गोलरक्षक अशोक रेग्मी म्यान अफ दी म्याच घोषित भए ।

क्वाटरफाइनलमा म्यान अफ दी म्याच घोषित खेलाडीहरुलाई ट्रफीको साथमा नगद एक हजार प्रोत्साहन स्वरुप प्रदान गरिएको आयोजक संगम क्लबका अध्यक्ष नरेन्द्रजंग गुरुङले बताए । प्रतियोगिताको मुख्य प्रायोजकको रुपमा सहारा हङकङ र संगम एल.जी.हङकङ रहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button