आजको मौसम : मेघगर्जनसहित हल्का वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभागले आज दिउँसो प्रदेश नं १ को पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको जनाएको छ ।

विभागको मौसमी बुलेटिन अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ भने अहिले प्रदेश नं १ र गण्डकी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली  रही बाँकी भूभागहरूमा  मौसम सामान्यतया सफा रहेको छ । आज दिउँसो प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली  देखि मौसम सामान्यतया सफा रहनेछ ।

यसैगरी मध्यान्हपख प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको पनि विभागले जनाएको छ । आज राती प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भूभागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ ।

हिजो पोखराको लेखनाथ लगायत तनहुँका केही क्षेत्रमा असिनापानी परेको थियो । असिनाले तोरीबारी, तरकारीलगायत बालीमा क्षति गरेको स्थानीयहरुले जनाएका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button