बालुवाटार बैठकबाट जुरेन राष्ट्रपति उम्मेदवार, साँझ ५ बजे फेरि बैठक बस्ने

प्रधानमन्त्री निवासमा बसेको नेपाली काङ्ग्रेस, माओवादी केन्द्र, जनता समाजवादी र एकीकृत समाजवादी पार्टीका बैठकले राष्ट्रपतिबारे कुनै ठोस निर्णय नभएको नेताहरुले जानकारी दिएका छन् ।

काङ्ग्रेस नेता गगन थापाका अनुसार आज साँझ ५ बजे फेरि अर्को बैठक बसेर निर्णय लिइनेछ । त्यसअघि पार्टीभित्रै आन्तरिक बैठकहरु बस्ने पनि थापाले बताए ।उनले विभिन्न विकल्पबारे छलफल भए पनि बैठकमा सहभागी दलहरु एकै ठाउँमा उभिनेमा जोड दिएका थिए ।

शुक्रबार बिहानैदेखि बालुवाटारमा बैठक भएको थियो । भोलि शनिबार राष्ट्रपतिको उम्मेदवारी दिने कार्यतालिका रहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button