शनिबार पोखरामा कोक मोमोरी फेस्ट

शनिबार पोखरामा कोक मोमोरी फेस्ट आयोजना हुने भएको छ ।

पेय पदार्थ कोकाकोलाद्वारा आयोजित उक्त फेस्टिबल बाराही मन्दिरको मैदानमा आयोजना हुन लागेको हो । मोमो महोत्सवमा विभिन्न १२ थरिका मोमोका भेराइटीहरु पाइने आयोजकले जनाएको छ । पोखराका विभिन्न १२ मोमो आउटलेटसँगको सहकार्यमा उक्त फेस्ट आयोजना गर्न लागिएको हो ।

फेस्टिबलमा विभिन्न गेम स्टल तथा डिजे सेसन र साङ्गीतिक प्रस्तुति पनि हुनेछ । ब्लु फायर र सिडि विजय अधिकारीले साङ्गीतिक प्रस्तुति दिने आयोजकले जनाएको छ । फेस्टिबलमा प्रवेश टिकट एक सय रुपैयाँ राखिएको छ जसमा २ सय ५० मिलिमिटरका दुई पेट बोतल कोक सित्तैमा प्राप्त गर्न सकिनेछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button