कास्कीमा वडाध्यक्षले इञ्जिनियर कुटे !

कास्कीमा वडाध्यक्षले कुटेको आरोपमा सब-इञ्जिनियरले जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएका छन् ।

माछापुच्छ्रे गाउँपालिका-८ मा कार्यारत सब इञ्जिनियर लक्ष्मण जिसीले आफू माथि सोही गाउँपालिकाका वडाध्यक्ष राम बहादुर गुरुङले शुक्रबार बिहान कुटपिट गरेको आरोप लगाउँदै प्रहरीमा निवेदन दिएका हुन् । गुरुङले आफूमाथि इज्जत प्रतिष्ठामा आँच आउने किसिमले अपशब्द प्रयोग गर्दै गालीगलौज गरेको तथा कुटपिट गरेको जिसीले बताएका छन् ।

वडाध्यक्ष गुरुङले टाउको, नाक, घाँटी र शरीरको विभिन्न भागमा चोटपटक लाग्ने गरि कुटपिटसमेत गरेको जिसीले निवेदनमा उल्लेख गरेका छन् । घटनाको विरोधमा कास्कीका विभिन्न कर्मचारी संगठनले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै दोषीलाई कारवाही तथा पीडितलाई क्षतिपूर्तिको माग गरेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button