सर्वोच्चले दिएन सन्दीपलाई युएई जाने अनुमति

सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई युएई खेल्न जान अनुमति दिन इन्कार गरेको छ । आज सर्वोच्चका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासमा सो निर्णय सुनाएको हो ।

सन्दीपले विदेशमा हुने प्रतियोगितामा भाग लिन पाउँ’ भनी दिएको निवेदनको उपर सुनुवाई गर्दै खतिवडाले सरकारले सर्वोच्चमा दर्ता गरेको सन्दीपको अर्को मुद्दालाई पनि साथमा राखेर आइतबार नै पेश गर्न आदेश दिएका हुन् । सरकारले सन्दीपलाई रिहा गर्न अदालतले दिएको आदेश बदर गरी उनलाई थुनामै राख्नुपर्छ भन्ने माग गरेर सर्वोच्चमा निवेदन दिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button