पोखराको लेकसाइडबाट लागूऔषध र एक लाख २६ हजार नगदसहित दुई पक्राउ

पोखराको लेकसाइडबाट लागूऔषध र एक लाख २६ हजार नगदसहित दुई युवक पक्राउ परेका छन् ।

यही फागुन १० गते वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा हिँडिरहेका पर्वत मोदी-६ घर भएका ३१ वर्षीय सुरज नेपाली र तनहुँ शुक्लागण्डकी-१० घर भएका २२ वर्षीय प्रज्वल राई भन्ने प्रज्वल कुमाललाई चेकजाँच गर्ने क्रममा लागूऔषध फेला परेको हो । प्रहरीले उनीहरुलाई लेकसाइड-६ जरेबरबाट पक्राउ गरेको जनाएको छ ।

प्रहरीले सुरज नेपालीको साथबाट ६ एम्पुल डाईजापाम, ६ एम्पुल फेनारगन र ४ एम्पुल नुफिन र प्रज्वल कुमालको साथबाट ५ एम्पुल डाईजापाम, ५ एम्पुल फेनेरागन र ५ एम्पुल नुर्फिन बरामद भएको जनाएको छ । साथै उनीहरुको कोठामा खानतलासी गर्दा थप ४५ एम्पुल डाईजापाम, ४८ एम्पुल फेनेरागन, ४८ एम्पुल नुर्फिन, नाईट्रोभ्याट २१ ट्याबलेट फेला परेको पनि प्रहरीले उल्लेख गरेको छ ।

प्रहरीका अनुसार उनीहरुको साथबाट १ लाख २६ हजार रुपैयाँ नगदसमेत बरामद भएको थियो । प्रहरीले दुवैलाई पक्राउ गरी कास्की जिल्ला अदालतबाट लागूऔषध सम्बन्धी मुद्दामा अनुसन्धान प्रक्रिया अगाडि बढाएको पनि बताएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button