काङ्ग्रेसको उम्मेदवारलाई सहयोग गर्ने बालुवाटार बैठकको सहमति

बालुवाटारमा बसेको नेपाली काङ्ग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादीलगायतका दलहरूको बैठकले राष्ट्रपतिमा काङ्ग्रेस उम्मेदवारलाई सहयोग सहमति भएको छ ।

साँझ ५ बजे बसेको बैठकले सो निर्णय गरेको हो । बैठक बस्न अघि प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच पनि वार्ता भएको थियो । काङ्ग्रेसका उम्मेदवारलाई जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, राष्ट्रिय जनमोर्चा र नागरिक उन्मुक्ति पार्टीले पनि सघाउने जनाइएको छ ।

भोलि शनिबार बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म राष्ट्रपतिका लागि उम्मेदवारी दर्ता गर्ने कार्यतालिका छ । यता एमालेले पनि राष्ट्रपतिमा उम्मेदवारी दिने बताउँदै आएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button