नव आदर्शले उचाल्यो संगम कपको उपाधि

साविक उपविजेता एलजी एसोसिएसनलाई उपविजेता मै सीमित राख्दै नव आदर्श सामुदायिक विकास समाजले आठौँ संगम कप बिल स्मृति फुटबल प्रतियोगिता २०७९ को उपाधि चुमेको छ । यस सँगै पोखरा लामाचौरमा रहेको नव आदर्श सामुदायिक विकास समाजले करिब २४ बर्ष पछि फुटबल प्रतियोगितामा उपाधि जित्न पनि सफल भएको छ ।

करिब २४ बर्ष अघि जिल्ला खेलकुद विकास समिति कास्कीले आयोजना गरेको क्लब स्तरीय लिग फुटबलमा उपाधि जितेको समाजले आज संगम कपको उपाधि जित्न सफल भएको हो । शनिबार पोखरा रंगशालामा भएको फाइनल खेलमा एलजीलाई ३-२ गोल अन्तरले पराजित गर्दै नव आदर्शले उपाधि सहित १ लाख ७५ हजार पुरस्कार पुरस्कार हात पारेको हो ।

निकै रोचक बनेको खेलमा नवआदर्शका लागि सागर राई र सुशान्त गुरुङले १–१ गोलको योजदान दिए भने एक आत्मघाती गोल उपहार पायो । एलजीका लागि आशीष गुरुङले दुई गोल गरे । यस वर्ष पनि उपविजेता मै सीमित बनेको एलजीले नगद एक लाखको साथमा ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्यो ।

खेलमा नवौं मिनेटमा आशीष गुरुङले एलजीलाई सुरुवाती अग्रता दिलाएका थिए । तर २० औँ मिनेटमा एलजीका संजय जलारीले क्लियर गर्न खोज्दा आत्मघाती गोल भयो र खेल बराबरी पुगेको थियो । तर त्यसको १६ मिनेट पछि नै आशीषले व्यक्तिगत दोश्रो गोल गर्दै टोलीलाई पुन २–१ को अग्रता दिलाए ।

पहिलो हाफमा पछि परेको नव आदर्शका लागि खेलको ६५ औं मिनेटमा सागर राईले गोल गर्दै खेल बराबरीमा ल्याए । निर्धारित ९० मिनेट खेल सकिन एक मिनेट बाँकी हुँदा सुशान्त गुरुङले गोल गरे र नव आदर्शलाई २४ वर्ष पछि ऐतिहासिक उपाधि दिलाए । निकै राम्रो खेल प्रदर्शन गरे पनि फिनिसिङमा चुक्दा एल.जी.ले पाएका ७ वटा भन्दा बढी असर खेर जान पुग्यो ।

खेलभरी प्रायः एल.जी.को दबाबमा रहेको नव आदर्शले पाएका थोरै अवसरलाई गोलमा परिणत गर्दा नजिता आफ्नो पक्षमा पार्न सफल भयो । फाइनल खेलमा नव आदर्शका सुशान्त गुरुङ म्यान अफ दी म्याच घोषित भए । उनी प्रतियोगिता कै उत्कृष्ट खेलाडी घोषित भए ।

त्यसै गरी प्रतियोगितामा उत्कृष्ट स्टाइकरमा एल.जी.का आसिस गुरुङ, उत्कृष्ट डिफेण्डरमा एल.जी.कै संगम ठकुरी, उत्कृष्ट मिड फिल्डरमा नव आदर्शका अनुज भण्डारी घोषित भए भने उत्कृष्ट गोलरक्षक नव आदर्शका आशिष केसी घोषित भएको प्रतियोगिताका म्याच कमिस्नर खिम बहादुर गुरुङले बताए । प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीलाई ७ हजार, प्रतियोगितामा उत्कृष्ट स्टाइकर, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिड फिल्डर र उत्कृष्ट गोलरक्षकलाई जनहि ५-५ हजारको साथमा ट्रफी पुरस्कार प्रदान गरिएको थियो ।

पुरस्कार वितरण समारोहमा आयोजक क्लबले पूर्व खेलाडी हरि लामा तामाङ र खेलपत्रकार दीननाथ बराललाई सम्मान गरेको छ । पूर्व फुटबल खेलाडी तामाङले खेलकुदको क्षेत्रमा उल्लेखनीय रुपमा योगदान पुर्याएको र नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्षसमेत रहेका खेलपत्रकार दीननाथ बरालले क्लबका हरेक खेल गतिविधिहरु विगत लामो समय देखि प्रचार प्रसारमा महन्वपूर्ण भुमिका खेलेको भन्दै क्लबका अध्यक्ष नरेन्द्रजंग गुरुङले दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

संगम क्लबले २०६८ मा जिल्लामा छनौट भई राष्ट्रिय लिग समेत खेलेको थियो । संगम क्बलका संस्थापक सदस्य एवं कप्तानसमेत रहेका बिल तामाङको स्मृतिमा क्लवले उक्त फुटबल प्रतियोगिता संचालन गर्दै आएको सचिव बिकल थुलुङ राईले बताए । प्रतियोगितामा १६ टिम सहभागी भएका थिए । प्रतियोगिताको मुख्य प्रायोजक सहारा हङकङ र संगम एल.जी.हङकङ रहेका थिए ।

यसैबीच उक्त प्रतियोगिताको अवसरमा सेतीपुल वारी (संगम क्लबका अध्यक्ष नरेन्द्रजंग गुरुङसहितको टोली) र सेती पारी (पूर्व राष्ट्रिय खेलाडी ईश्वर गुरुङ(चन्द्र) सहितको भेट्रान्स खेलाडीहरु) बीच शनिबार बिहान भएकोे मैत्रीपूर्ण फुटवल खेलमा सेतीपुल वारीको टोली ८-२ गोल अन्तरले विजयी भएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button