नेपाली फुटबल टोलीले घरेलु मैदानमा ओलम्पिक छनोट खेल्ने

नेपाली राष्ट्रिय महिला फुटबल टोलीले घरेलु मैदानमा २०२४ को ओलम्पिक छनोट खेलहरु खेल्ने भएको छ ।

एसियन फुटबल कन्फेडेरेसन(एएफसी) का अनुसार सन् २०२४ मा हुने पेरिस ओलम्पिकका लागि महिला फुटबलको एसियाली छनोटअन्तर्गत पहिलो चरणको समूह ‘सि’ का खेलहरु नेपालमा आयोजना हुने भएको हो । समूहमा नेपाललगायत भियतनाम, अफगानिस्तान र प्यालेस्टाइन रहेका छन् ।

नेपाली समूहमा रहेको भियतनाम सबैभन्दा शक्तिशाली टोली रहेको छ । विश्वकपसमेत खेलिसकेको भियतनामलाई छनोटकै दावेदार पनि मानिएको छ । २६ देशलाई ७ वटा समूहमा विभाजन गरि हुने लागेको प्रतियोगितामा समूहका शीर्ष टोलीहरु दोस्रो चरणको छनोटमा सहभागी हुन पाउनेछन् ।

दोस्रो चरणमा ७ समूह विजेताका साथै दक्षिण कोरिया, उत्तर कोरिया, जापान, अस्ट्रेलिया र चीनले ओलम्पिकमा सहभागी हुने दुई एसियाली टोलीका लागि प्रतिस्पर्धा गर्नेछन् । नेपालमा हुने छनोट खेलहरु अप्रिल ३ देखि ११ सम्म आयोजना हुनेछन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button