आज १ बजेपछि पोखरा महानगरको सेवा प्रवाह स्थगित हुने

आज १ बजेपछि पोखरा महानगरको सेवा प्रवाह स्थगित हुने भएको छ । पोखरा महानगर-४ का वडासदस्य सञ्जयकुमार श्रेष्ठको निधन भएको शोकमा आज १ बजे सेवा प्रवाह बन्द हुने महानगरले जनाएको हो ।

महानगरद्वारा जारी सूचना अनुसार श्रेष्ठको निधनमा आज पोखरा-४ को वडा कार्यालयको सेवा प्रवाह पूर्ण रुपमा बन्द हुने तथा अपरान्ह १ बजेपछि शोकसभा गरि महानगरका सबै शाखा/महाशाखा र वडाको पनि सेवा स्थगित गरिनेछ ।

जन्डिसलगायत रोगको उपचार गराईरहेका श्रेष्ठको शनिबार राति ३ बजे फिस्टेल अस्पतालमा मृत्यु भएको हो । ५२ वर्षीय श्रेष्ठ विगत केही समयदेखि बिरामी थिए । उनको आइतबार सेती किनार तुलसीघाटमा अन्त्येष्टि गरिने परिवार स्रोतले जनाएको छ ।

श्रेष्ठ नेपाली काङ्ग्रेसबाट २०७९ को स्थानीय तहको निर्वाचनमा पोखरा महानगरपालिका ४ को वडासदस्यमा निर्वाचित भएका थिए । स्वर्गीय श्रेष्ठको परिवारमा दुई छोरा, एक छोरी र श्रीमती छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button