पोखराको पिएन क्याम्पस बाहिरको नगरबस पार्किङ हटाइयो

पोखराको बगरस्थित पृथ्वीनारायण(पिएन) क्याम्पस बाहिर सडकमै लामो लाम लागेर बस्ने नगर बसको पार्किङ हटेको छ ।

विगत निकै लामो समयदेखि सडकमै बसहरु पार्किङमा बस्दा क्याम्पस क्षेत्रमा सवारी आवागमन प्रभावित हुँदै आएको थियो । उक्त पार्किङ हटाउन निकै प्रयत्न गरिए तापनि हटेको भने थिएन । सडकको पार्किङ हटेपछि महानगरको समन्वयमा केआइ सिङ पुल नजिकै निजी जग्गा भाडामा लिइ क्यु पार्किङ सुरु गरिएको छ ।

अब त्यसै पार्किङ स्थलबाट लेकसाइडदेखि छोरेपाटनसम्मको नगरबसहरु सञ्चालन गरिनेछ । पार्किङ स्थलमा करिब ३० बस पार्क गर्न सकिनेछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button