स्कुल जाँदै गरेकी बालिकाको भिरबाट लडेर मृत्यु

बाग्लुङमा स्कुल जाँदै गरेकी बालिकाको भिरबाट लडेर मृत्यु भएको छ ।

बाग्लुङको बरेङ गाउँपालिका–१ धुल्लुबास्कोट लुरुङकोटका विष्णु बहादुर घर्ती मगर र डोलमाया घर्तीमगरको आठ वर्षीया छोरी प्रतीक्षा घर्ती मगरको मङ्गलबार भिरबाट लडेर मृत्यु भएको हो । बिहान स्कुल जानेक्रममा साथीहरुसँग आँखा बन्द गरि खेल्दै हिँड्दै गरेको अवस्थामा मगर भीरबाट खसेको जनाइएको छ । उनी भीरबाट करिब पाँच सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

उनको शव पोस्टमार्टमका लागि बाग्लुङ लगिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button