नेपाली राष्ट्रिय फुटबल टिमको प्रशिक्षकमा इटालीका भिन्चेन्जो

अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकमा इटालीका भिन्चेन्जो अल्बर्टो एन्नेसीलाई नियुक्त गरेको छ ।

भारतको आइलिगमा गोकुलम केरलालाई लगातार दुई उपाधि जिताएका एन्नेसी पछिल्लो समय इन्डियन सुपर लिगको नर्थइस्ट युनाइटेडसँग आबद्ध थिए । पूर्व फुटबल खेलाडी पनि रहेका एन्नेसीले इटालीका स्थानीय क्लबबाट खेलेका थिए । प्रशिक्षकका रुपमा उनले आर्मेनियाको यु-१९ तथा बेलिजको राष्ट्रिय टोलीको जिम्मेवारी सम्हाली सकेका छन् ।

एन्फाले कुवेतका अब्दुल्लाह अल्मुताइरीले प्रशिक्षकको जिम्मेवारी त्यागेपछि नयाँ प्रशिक्षकका लागि दर्खास्त आव्हान गरेको थियो । तनावपूर्ण वातावरणमा सम्पन्न एन्फाको बैठकले प्रशिक्षक नियुक्तिलगायत विभिन्न निर्णयहरु सुनाएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button