पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भयो रात्रीकालीन उडान, सौर्यले गर्यो पहिलो उडान

पोखरा,१७ फागुन ।  पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा रात्रीकालीन उडान शुरु भएको छ । सौर्य एयरलाइन्सको ९ एन-एएमई जेट विमान  आज रातको  ८:३७ बजे अवतरित हुँदै पहिलो रात्रीकालीन उडान गरेको हो ।

यद्यपी यो सौर्य एयरलाइन्सको  यो पुर्व निर्धारित उडान भने होइन । नियमित तालिका नभई डिले भएका कारण काठमाडौंबाट ८:०० उडान  भरेको विमान पोखरा  अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेको  हो ।

गत २३ फेब्रुअरीबाट आइएफआर लागु भएको पोखरा अन्तराष्ट्रिय विमास्थलमा नियमित उडानका लागि विमान कम्पनिहरुले तयारी गरिरहेको विमानस्थल प्रमुख विक्रमराज गौतमले बताए । उडान तालिका नभएपनि रात्रीकालिन समयमा आपतकालीन र आकस्मिक उडानको लागि विमानस्थल यस अघिबाटै तयारी अवस्थामा रहेको उनको भनाई छ ।

काठमाडौंबाट ३३ यात्रु बोकेर आएको विमान ८ :४५ बजे पोखरामा सफल अवतरण  गरी ४६  यात्रु बोकेर  पुन: काठमाडौं फर्किएको उनले बताए  । विमानमा सवार रहेका यात्रु अशोक खड्काले पोखराबाट उडेको जहाज राति ९ :१५ बजे काठमाण्डौ अवतरण गरेको बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका गण्डकी प्रदेश महामन्त्री समेत रहेका खड्काले आफुले ४ बजेको टिकट काटेको भएपनि डिले भएका कारण झन्डै पाँच घण्टापछि उडान भएको बताए ।

‘हामीले ४ बजेको लागि सौर्य एयरलाइन्सको टिकट काटेका थियौ । पछि हामीलाई ६ बजे मात्र उडान हुने जानकारी गराइयो । तर, उडान भने८ :४५ बजे मात्र भयो’, खडकाले भने ।

डिले भएर लामो समय कुर्नु परेपनि आज पहिलो पोखरा- काठमाडौं रात्रीकालिन उडानको साक्षी हुन पाएकोमा खुसी लागेको उनले बताए  ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button