कास्कीमा ब्राउनसुगरसहित दुई पक्राउ

कास्कीमा प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित दुई युवक पक्राउ परेका छन् ।

मङ्गलबार करिब ४:३० बजे लागूऔषध नियन्त्रण ब्यूरो पोखरा र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले ३० ग्राम ब्राउनसुगर, नाइट्रोभ्याट २५ चक्की, डिजिटल तराजु एक थान र मोबाइल दुई थानसहित दुईजनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा
पोखरा महानगरपालिका वडा नं.१३ चिसापानीमार्ग स्थित डेरा गरी बस्ने २६ वर्षीय आशिष थकाली र सोही स्थान बस्ने स्याङजाको पुतलीबजार नगरपालिका-६ स्थायी घर भएका २७ वर्षीय सुमन गुरुङ रहेका छन् ।

उनीहरुको शरीर र डेराकोठाबाट उल्लेखित परिमाणको लागूऔषध बरामद भएको प्रहरील जनाएको छ । उनीहरुविरुद्ध कास्की जिल्ला अदालतबाट लागूऔषध सम्बन्धी मुद्दामा म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीको भनाई छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button