नाबालिका छोरीको हत्याको आरोपमा बुवा पक्राउ

बाग्लुङमा नाबालिका छोरीको हत्याको आरोपमा बुवा पक्राउ परेका छन् ।

बाग्लुङको जैमिनी नगरपालिका-४ सर्कुवामा आफ्नै छोरीलाई ढुङ्गाले प्रहार गरि मारेको आरोपमा २७ वर्षीय सायर दिन मियाँ पक्राउ परेका हुन् । १८ महिने छोरी अरिसा दिनलाई ढुङ्गाले हानेर सायर फरार भएका थिए । बाग्लुङ नगरपालिका-१२ अमलाचौर घर भएका सायरलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

हत्याका बखत सायरकी श्रीमती भने माइतमा थिइन् । सायरको घरेलु हिंसाका कारण उनी माइतीमै बस्दै आएको जनाइएको छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । स्थानीयवासीका अनुसार घटनाका बेला उनले मादक पदार्थ सेवन गरेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button