नेपालले युएईलाई दियो एक सय ९२ रनको लक्ष्य

सन् २०२४ मा श्रीलंकामा हुने यु-१९ विश्वकपको छनोटका लागि भइरहेको एसिया लिगको अन्तिम खेलमा नेपालले युएईलाई एक सय ९२ रनको लक्ष्य दिएको छ ।

खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४८.५ ओभरमा अलआउट हुँदै एक सय ९१ रनको स्कोर खडा गरेको हो । नेपालका लागि कप्तान देव खनालले सर्वाधिक ५१ रनको योगदान दिए भने विशाल विक्रम शाहले ३८ र उत्तम मगरले ३४ रन बनाए । दीपेश कँडेलले पनि १५ रनको योगदान दिए । युएईका ध्रुव परासरले सर्वाधिक तीन विकेट लिँदा आयन खान र हरित सेट्टीले समान दुई-दुई विकेट लिन सफल रहे ।

प्रतिउत्तरमा युएईले केही समयमा जवाफी ब्याटिङ थाल्दैछ । पाँच देश सहभागी लिगमा नेपाल र युएई दुवैले आफ्ना अघिल्ला सबै चार खेल जितिसकेका छन् । त्यसैले आज हुने दुई देशबीचको खेल फाइनलसरह रहेको छ ।

नेपालले आजको खेल जित्दै अघिल्लो विश्वकपमा युएईसँगको एक रनको हारको बदला लिने दाउमा छ भने युएई पुरानो जीतलाई पुनरावृत्ति गर्दै विश्वकपमा पुन छनोट हुने प्रयासमा हुनेछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button